घरेलु टोली भारतले टी-ट्वान्टी सिरिज अन्तर्गत दोस्रो खेलमा अष्ट्रेलियामाथि ४४ रनको जित हात पारेको छ । योसँगै पाँच खेलको टि-२० आई सिरिजमा भारतले २-० को अग्रता लिएको छ । जितका लागि २ सय ३६ रनको विशाल विजयी लक्ष्य पछ्याएको अष्ट्रेलिया निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ९१ रन समेटियो । भारत पहिलो खेलमा २ विकेटले विजयी भएको थियो ।