१७ कात्तिक, सुक्रबार
नेपाली क्रिकेट टोली टी-ट्वान्टी विश्वकप प्रतियोगिताका लागि छनोट भएकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित उच्च पदस्थ व्यक्तिको बधाइ दिएका छन् । आजको खेल जितेपछि प्रधानमन्त्रीले पछिल्लो समय क्रिकेटमा नेपाली टोलीले प्राप्त गरेको सफलता र उचाइप्रति सरकारको तर्फबाट उच्च सम्मान व्यक्त गर्नुभएको छ । उहाँले नेपाली टोलीको आगामी यात्रामा सफलताको कामना गर्दै सरकार सधैँ क्रिकेट खेलाडीको साथमा रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । यस्तै प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरुले पनि बधाइ दिँदै आगामी यात्राको लागि शुभकामना व्यक्त गरेका छन् ।