७ कात्तिक,मंगलबार
बडादसैँको टीका जमरा ग्रहणका लागि आज बिहान ११ बजेर २ मिनेटको साइत उत्तम रहेको नेपाल पञ्चाङ्ग निणर्ायक विकास समितिले जनाएको छ । तर, विजयादशमी आफैँमा शुभ दिन भएकाले आज टीका लगाउन साइत खोज्नु नपर्ने मान्यतासमेत रहेको छ । सकेसम्म साइतमा टीका लगाउने प्रयत्न गर्ने तर नसकेमा दिनैभरी टीका लगाउन सकिने समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले बताउनुभयो । टाढा जानुपर्ने भएमा वा अन्य विभिन्न कारणले नभ्याएमा आफ्नो अनुकुलमा दुर्गा विसर्जन र टीका जमरा ग्रहण गर्न सकिने उहाँले बताउनुभयो । टीका लगाउनुभन्दा पहिले दुर्गा विसर्जन गरिन्छ । अध्यक्ष अधिकारीका अनुसार दुर्गा बिसर्जन गर्नका लागि विहान १० बजेट ३७ मिनेटको साइत तोकिएको छ । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ ।