सर्लाही, माघ ८: जिल्ला हुलाक कार्यालय सर्लाही र नेपाल टेलिकम मलङ्गवाबीच टेलिफोन र इन्टरनेट सेवा जडानका लागि सम्झौता सम्पन्न भएको छ। यस सम्झौता अन्तर्गत जिल्ला हुलाक कार्यालय र यस अन्तर्गतका एकाईस कार्यालयमा टेलिफोन र इन्टरनेट सेवा जडान गर्ने कार्य माघ ११ भित्र सम्पन्न गरिनेछ।
नेपाल टेलिकमको नमस्ते 4G सेवा र ADSL सेवामार्फत सर्लाहीका विभिन्न हुलाक कार्यालयमा सेवा विस्तार गरिने नेपाल टेलिकमका प्रमुख शत्रुधन यादवले जानकारी दिदै NT Fiber सेवा र ADSL सेवाको पहुँच नभएका कार्यालयहरू कबिलासी, पर्सा, हरिपुर्वा, ब्राह्मपुरी, चन्द्रनगर, कौडेना, विष्णु, गौडेता, चक्रघट्टा, बसबरिया, धनकौल, रामनगर, र बलरामा नमस्ते 4G सेवा जडान गरिने बताउनुभयाे ।
साथै, हुलाक कार्यालय हरिपुरमा ADSL टेलिफोन र इन्टरनेट सेवा पनि जडान गरिनेछ।
यस कदमले सर्लाही जिल्लाका सरकारी कार्यालयहरूको कार्य सम्पादनलाई थप सुदृढ बनाउँदै डिजिटल पहुँचमा सुधार ल्याउने विश्वास गरिएको जिल्ला हुलाक अधिकृत डुरदेव बरालले बताउनुभयाे ।
टेलिकमका प्राविधिकहरूको टोलीले सेवा जडान कार्यलाई तीव्र गतिमा अघि बढाइरहेको छ।
Как сэкономить на протезировании зубов и остаться довольным, не теряя в качестве и комфорте.
Стоматологическая клиника протезирование зубов https://www.belfamilydent.ru/services/protezirovanie-zubov/ .
Цена за металлокерамическую коронку
Коронка металлокерамика Минск цена http://www.belfamilydent.ru/services/metallokeramicheskie-koronki/ .