जाजरकोट र रुकुम पश्चिममा भूकम्पमा परेर मृत्यु हुनेको सङ्ख्या १ सय ५७ पुगेको छ । अहिले बेलुकी ५ बजेसम्मको अद्यावधिक तथ्याङ्क अनुसार जाजरकोटमा १ सय ५ र रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार १ सय ७० जना घाइते भएका छन् । घाइते मध्ये केहीलाई थप उपचारको लागि काठमाडौँको त्रिवि शिक्षण अस्पतालमा ल्याइएको छ । गएराति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ६ दशलमव ४ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसपछि लगातार परकम्प आइरहेको छ ।