सर्लाही ,माघ ५ / जनता समाजवादी पार्टी, नेपाल जिल्ला कार्य समिति सर्लाहीले माघ ५ गते बलिदानी दिवसको अवसरमा दिप प्रज्जवलन कार्यक्रमकाे आयोजना गरेको थियाे । कार्यक्रमले मधेस आन्दोलनका क्रममा शहीद भएकाहरूको योगदानलाई सम्मान गर्दै उनीहरूको बलिदानलाई स्मरण गरेकाे थियाे ।
![](https://swarnimkhabar.com/wp-content/uploads/2025/01/Messenger_creation_D671FC65-6FFF-4A4D-8759-74494295DB8D-1024x768.jpeg)
दिप प्रज्जवलन कार्यक्रमलाई सम्बाेधन गर्दै
जसपा नेपालका केन्द्रीय सदस्य प्रमाेद साहले
बलिदानी दिवसको मर्म अनुसार आन्दोलनले देशको राजनीतिक परिवर्तनमा योगदान गरेको भन्दै आगामी दिनमा शहीदहरूको सपना साकार पार्ने प्रतिबद्धता जनाउनु भयाे।
केन्द्रिय सदस्य साहले मधेश जनबिद्राेसकाे क्रममा गरिएका सम्झाैताहरू अझै कार्यान्वयन हुन नसकेकाे बताउदै सहमति बिपरित अझै पनि आन्दाेलनकारीहरू माथि झुठा मुद्दा लगाई फसाउने कार्य गरिए पुनः क्रान्ति गरिने प्रति सरकारलाई सचेत गराउनुभयाे ।
![](https://swarnimkhabar.com/wp-content/uploads/2025/01/Messenger_creation_D106B094-7AAF-496A-B11A-D6B54B765933-1024x768.jpeg)
साेही क्रममा जसपा नेपालका जिल्ला अध्यक्ष बिरेन्द्र यादवले मधेशी शहिदहरूकै बलमा मुलुकमा संघियता र पहिचान स्थापित भएकाेले शहिदहरू सधै शिराेधार्य रहने बताउनुभयाे ।उहाँले जनता समाजवादी पार्टी नेपालले मधेसका मुद्दाहरूलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता समेत जनाउनु भयाे ।
![](https://swarnimkhabar.com/wp-content/uploads/2025/01/Messenger_creation_2E4C668D-B026-4B37-B00C-83E062CA5EA5-768x1024.jpeg)
कार्यक्रममा मधेश प्रदेश सरकारका पुर्व अर्थ मन्त्री तथा जसपा नेपालका केन्द्रीय सदस्य संजय कुमार यादव, केन्द्रीय सदस्य सुनैना देवी ,मिरा मण्डल ,,केन्द्रिय प्रचार प्रसार बिभागका सदस्य एवम प्रेस मञ्च नेपालका कार्यवाहक अध्यक्ष मनाेज यादव ,प्रदेश उपाध्यक्ष रामप्रित पासवान ,जिल्ला उपाध्यक्ष गणेश यादव ,सचिव रंधिर यादव लगायतका नेता कार्यकर्ताहरूकाे उपस्थिति रहेकाे थियाे ।
![](https://swarnimkhabar.com/wp-content/uploads/2025/01/Messenger_creation_1F1A1AF1-2D4B-499B-892A-C4D661812687-1024x768.jpeg)
![](https://swarnimkhabar.com/wp-content/uploads/2025/01/Messenger_creation_0CA8F21D-6F27-4EA5-BBD7-A3454F6A72BC-1024x768.jpeg)
![](https://swarnimkhabar.com/wp-content/uploads/2025/01/Messenger_creation_F174366E-1F11-4191-B66B-1DE0DEE51AD6-1024x576.jpeg)