काठमाडौं, फागुन २३ – जनता समाजवादी पार्टी नेपाल (जसपा) ले हाल चर्चामा रहेको अध्यादेशसम्बन्धी कुनै औपचारिक निर्णय नगरेको स्पष्ट पारेको छ। पार्टीले सामाजिक सञ्जाल तथा केही मिडियामा आएको ‘आलोचनात्मक समर्थनसहित जसपा नेपाल अध्यादेशको पक्षमा उभिने’ भन्ने समाचारलाई तथ्यहीन र भ्रामक भन्दै खण्डन गरेको छ।
जसपाका अनुसार, अध्यादेशसम्बन्धी सबै विषय हाल छलफलको प्रक्रियामा छन्। यसैक्रममा, अध्यादेश अध्ययन कार्यदलले भोलि बिहान ९ बजे प्रतिवेदन बुझाउनेछ। त्यसपछि बिहान ११ बजे बस्ने संसदीय दलको बैठकले यसबारे औपचारिक निर्णय लिनेछ।
पार्टीले सत्यतथ्य नबुझी गलत सूचना प्रसार नगर्न मिडिया र सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेको छ। साथै, पार्टीको आधिकारिक निर्णयबिना कुनै पनि प्रकारका भ्रामक प्रचारप्रसार नगर्न आग्रह गरेको छ।