सर्लाही, माघ १२ – जनता समाजवादी पार्टी , नेपाल सर्लाही जिल्ला समितीले जिल्ला अध्यक्ष सहित दुई पदाधिकारीलाई पार्टीबाट निष्कासन गरीएकाेछ ।
जनता समाजवादी पार्टी, नेपाल (जसपा), जिल्ला समिति सर्लाहीका जिल्ला सचिव रंधिर यादवद्वारा हस्ताक्षरित बिज्ञप्तीमा सर्लाही जिल्ला अध्यक्ष बिरेन्द्र यादव अध्यक्ष पदमा निर्वाचित भए देखि प्रभावकारी ढंगले पार्टी गतिविधि संचालन गर्न नसकेको पार्टी केन्द्रीय समितिले संचालन गरेको अभियानमा समन्वयकारी भूमिका निर्वाह गर्न नसकेको तथा स्थानीय तहको निर्धारित अधिवेशनको पूर्व तयारी गर्न आलटाल गरि पार्टी हित र अनुशासन विपरीत काम गरेको ठहर गरि पार्टीको साधारण सदस्य समेत नरहने गरि वीरेन्द्र कुमार रायले सामाजिक संजाल मार्फत दिइएको राजीनामा स्वीकृत गरि निजलाई पार्टीको हरेक जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरिएकाे जनाईएकाे छ ।
बिज्ञप्तीमा पार्टी हित बिपरित काम गरेकाेले सतिश साह र सुरजदेव दासलाई साधारण सदस्य समेत नरहने गरि निष्कासन गरिएकाे जनाईएकाे ।
पार्टीले आगामी दिनमा अनुशासन र जिम्मेवारीलाई कडाइका साथ पालना गरिने बताएको छ ।