वीरगञ्ज, माघ १३ – जनता समाजवादी पार्टीको दुई दिने विशेष कार्यक्रम वीरगञ्जको पुजन होटलमा सम्पन्न भएको छ।
पार्टीका केन्द्रीय अध्यक्ष अशोक कुमार राईको अध्यक्षतामा बसेको बैठकमा विभिन्न राजनीतिक, संगठनात्मक र समसामयिक विषयमा गहन छलफल गरियो। बैठकमा मधेशका मुद्दा, पार्टीको संगठनात्मक संरचना बलियो बनाउने योजना, संघीयता कार्यान्वयन, र मधेशको विकासमा केन्द्रित कार्ययोजनाबारे छलफल गरिएको थियो।
बैठकमा अध्यक्ष अशोक कुमार राई, संघीय परिषद अध्यक्ष राजेन्द्र श्रेष्ठ, सह-अध्यक्ष रेणु कुमारी यादव, उपाध्यक्ष नवलकिशोर साह सुडी, र महासचिव मोहम्मद इश्तियाक राईलगायत शीर्ष नेताहरूको उपस्थिति थियो।
नेताहरूले मधेशी जनताको अधिकार र विकासका लागि सशक्त रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। पार्टीका शीर्ष नेताहरूले एकता, अनुशासन, र प्रभावकारी कार्यान्वयनका लागि पूर्ण सहकार्य गर्ने धारणा राखे।
यस कार्यक्रमले पार्टीको भावी रणनीति स्पष्ट गर्न र मधेशका मुद्दाहरूलाई सम्बोधन गर्न बलियो आधार तयार गरेको छ।