३० कात्तिक ,बिहीबार ।
चिनियाँ कम्युनिस्ट पार्टीले जाजरकोट भूकम्प प्रभावितका लागि उपलब्ध गराएको राहत सामग्री छठपछि वितरण गरिने भएको छ । नेपालीस्थित चिनियाँ दूतावासका अनुसार जाजरकोटमै भूकम्प प्रभावितलाई उक्त राहत वितरण गरिने भएको छ । पार्टीको केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागले नेपाली राजनीतिक दललाई हिजो साँझ दुई करोड ७४ लाख ७५ हजार बराबरका राहत सामग्री उपलब्ध गराएको हो । नेपालस्थित चिनियाँ दूतावासका नियोग उपप्रमुख वाङ सीनले ती सामग्री नेपाली काँग्रेसका नेता रामहरि खतिवडा, नेकपा एमालेका विदेश विभाग प्रमुख डा राजन भट्टराई र नेकपा (एकीकृत समाजवादी) का नेता जीवनराम श्रेष्ठलगायत राजनीतिक दलका नेतालाई संयुक्तरूपमा हस्तान्तरण गर्नुभएको हो । दूतावासका अनुसार एकद्वार प्रणालीबाट भूकम्पप्रभावितलाई राहत हस्तान्तरण गरिनेछ