सर्लाही, माघ ७/ सर्लाहीको चक्रघट्टा गाउँपालिकामा प्रेषण प्रणाली कार्यविधि निर्माण सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
चक्रघट्टा गाउँपालिकाको आयोजनामा, सामाजिक विकास केन्द्र नेपाल (SDC Nepal) मलंगवा, PANAV र महिला कानुन तथा विकास मञ्च (FWLD)को सहकार्यमा गाउँपालिकाको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा गाउँपालिका अध्यक्ष कृष्ण कुमार यादवले अध्यक्षता गरेकाे थियाे भने FWLD का मधेस प्रदेश संयोजक चन्दन कर्णले सहजिकरण गरेकाे थियाे
कार्यक्रमलाई सम्बाेधन गर्दै गाउँपालिका अध्यक्ष कृष्ण कुमार यादवले प्रेषण प्रणालीलाई सुधार्न र लैंगिक समानताको प्रवर्द्धन गर्न ठोस कदम चाल्न मद्दत पुर्याउने विश्वास गरिएको ब्यक्त गरे ।
कार्यक्रममा सहभागीहरूलाई FWLD का मधेश प्रदेश संयाेजक तथा सहजकर्ता चन्दन कर्णले लैंगिक हिंसाविरुद्ध नीति निर्माण गर्न तथा प्रेषण प्रणालीलाई व्यवस्थित र प्रभावकारी बनाउने विधि तथा प्रक्रियाबारे जानकारी गराए ।
कार्यक्रममा सामाजिक विकास केन्द्र नेपालका कार्यक्रम अधिकृत हरिश्चन्द्र प्रसाद कुशवाहा, SDC Nepal का कार्यकारी निर्देशक विरेन्द्र गुप्ता, स्थानीय सरकारका प्रतिनिधिहरू, पत्रकारहरू लगायत अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो।