अनिता साह
२२ कार्तिक, बुधबार ।
सर्लाहिको गोडैता नगरपालिका ८ सिसौटियामा मंगलबार राति ८ बजेतिर ट्याक्टर पल्टिँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा जिल्लाकै गोडैता नगरपालिका ७ का ४० बर्षिय अशेश्वर पटेल र सोही नगरपालिका ८ का २८ बर्षिय शंकर पटेल रहेको जिल्ला प्रहरी कार्यलय सर्लाहिले जनाएको छ । शंकरको घटनास्थलमा र अशेश्वरको उपचारका क्रममा अस्पताल लग्दै गर्दा बाटोमा मृत्यु भएको हो । गोडैता बजार नजिकै बाँस लोड गरिरहेको ना ५ त ६१८२ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भैइ पल्टिएको छ । साथै सोही दुर्घटनामा दुई जना घाइते भएका छ्न । घाइते हुनेमा गोडैता नगरपालिका ८ का २० बर्षिय रुपेश महतो र रौतहट निवासी २४ बर्षिय जय प्रकाश पटेल रहेका छ्न । घाइतेको अहिले जिल्ला सदरमुकामस्थित प्रादेशिक अस्पतालमा उपचार भैइरहेको छ । मृतक र घाइतेलाई टेक्टरले थिचिरहेको अवस्थामा जेसीबी प्रयोग गरेर बाहिर निकालेको प्रहरीले जनाएको छ ।