नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा केही स्थानमा मौसम आंशिक बदलीको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज पनि देशको पहाडी भू-भागमा आंशिक बदलीको सम्भावना रहेको विभागले जनाएको छ । विभागकाअनुसार आज दिउँसो कोसी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।कोसी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।राति कोसी, कणर्ाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।