कोरोनाको नयाँ सङ्क्रमण फैलिन सक्ने भएकाले जनस्वास्थ्यका मापदण्ड पालन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै मेला, भोज, पार्टी तथा भिडभाड हुने ठाउँमा मास्कको प्रयोग गर्न र भौतिक दुरी कायम राख्न र हातको सरसफाइमा ध्यान दिन अनुरोध गरेको हो । भारतमा कोरोनाको नयाँ भेरियन्ट जेएन वान देखिएपछि नेपालमा पनि जोखिम रहेकाले सीमा नाकामा निगरानी तथा हेल्थ डेस्क र सम्पूणर् सरोकारवालामार्फत आवश्यक तयारी भैरहेको मन्त्रालयले जनाएको छ ।