हेटौँडा सिमेन्ट उद्योगको उत्पादन बन्द भएको छ । आर्थिक सङ्कटको कारण समयमा कोइला किन्न नसक्दा आजदेखि उत्पादन बन्द गरिएको उद्योगले जनाएको छ । उद्योगका महाप्रबन्धक वसन्तराज पाण्डेले दसैँको बिदा हुनुअघिसम्म उद्योग सञ्चालनमा रहेको तर आर्थिक सङ्टका कारण कोइला किन्न नसकिएकाले सिमेन्ट उत्पादन बन्द गर्नुपरेको बताउनुभयो । आर्थिक सङ्कटबारे सङ्घीय सरकारका उद्योग तथा आपूर्तिमन्त्री र सचिवलाई जानकारी गराइएको र आर्थिक अनुदान उपलब्ध भएमा उद्योगलाई पुनः सञ्चालन गरिने उहाँले बताउनुभयो । हेटौँडा सिमेन्ट उद्योगमा मासिक तीन हजार छ सय मेट्रिक टन कोइला खपत हुने गरेको छ ।