पोखरामा जारी केपि ओली कप टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदैछन् । विहान ९ बजे हुने पहिलो खेलमा नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा भइरहेको छ । त्यस्तै दिउँसो १ बजे सुरु हुने दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र कोसी प्रदेश प्रतिस्पर्धा गर्नेछन् । यसअघि हिजो मधेसले सुदूर पश्चिमलाई हराउँदा त्रिभुवन आर्मीले आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीलाई हराएको थियो ।