नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र राष्ट्रियसभाको चुनावबारे छलफल हुने केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिनुभयो । साथै पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीको विषयमा पनि समिक्षा हुनेछ । सरकारले अपेक्षा अनुसार काम गर्न नसकेको गुनासो बढिरहेका बेला काँग्रेसले आफ्ना मन्त्रीहरुको कामको समिक्षा गर्न लागेको हो । साथै नजिकिँदै गरेको राष्ट्रिय सभाको चुनावमा पार्टीका उमेद्वारको मापदण्डबारेसमेत बैठकले निणर्य गर्नेछ ।