सर्लाही, माघ २ / जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले आफ्नो संगठन सुदृढीकरण अभियान अन्तर्गत कविलासी नगरपालिकाका १० वटै वडामा बैठक सम्पन्न गर्ने कार्यलाई तीव्रता दिएको छ। माघ ६ गतेदेखि १७ गतेसम्मका लागि निर्धारित कार्यतालिका अनुसार आज माघ २ गते पार्टीको विशेष बैठक सम्पन्न भएको जिल्ला सचिव रंधिर यादवले जनाएकाे छ।
सचिव यादवले बैठकमा कविलासी नगरपालिकाका सबै वडाहरूमा संगठन निर्माण र सुदृढीकरणका लागि कार्य योजना तयार गर्दै माघ १७ गतेभित्र बैठक सम्पन्न गर्नुपर्ने निर्णय भएकाे जानकारी दिए । उनले स्थानीय नेतृत्व र कार्यकर्ताहरूको सक्रिय सहभागितामा अभियानलाई अझ प्रभावकारी बनाउने तयारी भइरहेको समेत जनाएकाे छ।
यस अभियानले पार्टी संगठनलाई बलियो बनाउनुका साथै आगामी राजनीतिक रणनीति कार्यान्वयन गर्न सहजता ल्याउने अपेक्षा गरिएको जसपा नेपालका केन्द्रिय सदस्य प्रमाेद साहले बताए । केन्द्रीय सदस्य साहले जसपाका नेताहरूले संगठन निर्माणको महत्वबारे जोड दिँदै सबै कार्यकर्तालाई एकताबद्ध भएर अभियान सफल बनाउन अपिल गरेका छन्।
यस अभियानले वडास्तरमा संगठनलाई सशक्त बनाउने प्रयाससँगै स्थानीय समस्याहरू पहिचान गरी समाधानका उपायहरू खोज्ने उद्देश्य राखेको जसपा नेपालका नेता तथा कविलासि नगरपालिकाका पुर्व मेयर काैशल किशाेर यादवले जनाए । पुर्व मेयर यादवले पार्टीका कार्यकर्ताहरूले जनताको बीचमा रहेर मुद्दाहरू सम्बोधन गर्ने र संगठनलाई स्थानीय तहसम्म प्रभावकारी बनाउन निरन्तर प्रयास गरिरहेकाे बताए ।