०८ पुष,आइतबार ।
धनुषामा एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको सबैला नगरपालकिा -१२, रघुनाथपुरका ३१ वर्षीय जयनारायण पाल रहेको हो । पालको उपचारको क्रममा जनकपुरधामस्थित कृष्ण अस्पतालमा शनबिार राती १ बजे उहाँको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
वीरेन्द्रबजार-महिनाथपुर सडक खण्डअन्तर्गत सबैला नगरपालिका–९, सिमराढीमा दक्षिणबाट उत्तरतर्फ आइरहेको ज १ त १७४५ नम्बरको एम्बुलेन्सले विपरीत दिशाबाट गइरहेको प्रदेश २-००६ प ७९३८ नम्बरको मोटरसाइकललाई शनिबार साँझ ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका पाललाई तत्कालै उपचारका लागि जनकपुरस्थित रामजानकी अस्पतालमा भर्ना गरिएको थियो ।
त्यहाँ उपचार सम्भव नभएपछि कृष्ण अस्पतालमा लगिएको थियो । ठक्कर दिने एम्बुलेन्स र त्यसका चालक महोत्तरीको मटिहानी नगरपालिका-१, का वीरेन्द्र मण्डललाई प्रहरी नियन्त्रणमा राखिएको इलाका प्रहरी कार्यालय सबैलाले जानकारी दिएको छ ।