नेकपा एमालेको सचिवालय बैठक भोलि बस्ने भएको छ । केन्द्रीय कार्यालय च्यासलमा सवा १२ बजे सुरु हुने गरी सचिवालय बैठक बोलाइएको केन्द्रीय कार्यालय सचिव डा.भिष्म अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार आगामी मङ्सिरमा हुने केन्द्रीय कमिटीको बैठकको एजेण्डा तय गर्ने, मध्यपहाडी लोकमार्ग भएर सञ्चालन हुने अभियानको कार्यक्रम तय गर्ने लगायतबारे छलफल गर्न बैठक बोलाइएको हो । एमालेले आउँदो मङ्सिरमा धनगढीमा केन्द्रीय कमिटी बैठक गरी त्यसलगत्तै मध्य पहाडी लोकमार्ग भएर अभियान सञ्चालन गर्ने जनाएको छ ।