नेपाल सुपर लिग फुटबलमा आज स्पोर्टिङ इलाम र पोखरा थन्डर्सबीच प्रतिस्पर्धा हुनेछ । दशरथ रङ्गशालामा हुने खेल, साँझ ५ बजे सुरु हुनेछ । यसअघि हिजो, ललितपुर सिटीलाई बराबरीमा रोक्दै वीरगञ्ज युनाइटेडले नेपाल सुपर लिग फुटबलमा पहिलो अङ्क जोडेको छ । दशरथ रङ्गशालामा भएको खेलमा वीरगञ्जले ललितपुरलाई २-२ गोलको बराबरीमा रोकेको हो । बराबरीसँगै वीरगञ्जले एक अंक जोडेको छ । ललितपुरको भने यो लगातार तेस्रो बराबरी हो र उसको ६ अंक भएको छ ।