९ कातिक, विहीबार ।
काठमाडौँ उपत्यकामा एक हजारभन्दा बढी सवारी चालकलाई कारबाही गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक कार्यालय र मातहतका कार्यालयबाट खटिएको टोलीले बुधवार १ हजार ९७ सवारीका चालकलाई कारबाही गरेको हो । जसमा तीव्र गतिमा चलाउने ४ सय ७१, मादक पदार्थ सेवन गरेर सवारी चलाउने १ सय, लेनको पालना नगर्ने २०, रेड लाइटमा सवारी चलाउने १३, जथाभाबी हर्न बजाउने १५, नम्बर प्लेट प्रष्ट नभएका ६ र अन्य ४ सय ७२ रहेका छन् ।