शुक्रबार धनुषामा नारी दिवसको अवसरमा मानव अधिकारका लागी महिला एकल महिला समूहले एकल महिलाहरुको हक हितमा रहेको कानून र स्वास्थ्य सम्बन्धी विषयमा अन्तरक्रिया सम्पन्न गरेको हो । सन् २०२३ मार्च ८मा बिश्वभर ११३ औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाएको छ । यो अहिले मार्च महिना भरी नै मनाइन्छ ।
यो अवसरमा महेन्द्रनगर सिन्धुली टोलमा रहेको एकल महिलाहरुलाई समूहले मुख तथा घाँटीको केंसर विशेषज्ञ रुबिना सुवाल संग स्वस्थ्य सम्बन्धी र उच्च अदालत धनुषाकी अधिकृत शुबा महतो संग कानूनी विषयमा अन्तरक्रिया सम्पन्न गराएको हो ।
कार्यक्रममा एकल महिलाहरुले अफूले भत्ता अहिले सम्म नपाएको गुनासो पोखेकी थिइन् । तराई मधेसका अन्य अन्य जिल्ला सहित पहाडी जिल्लाहरुको सबै ठाँउमा भत्ता पाइसकेको हो तर धनुषामा अहिले सम्म हामीले नपाएको अवस्था छ समूहकी एक आमाले दुख पोखिन् । त्यसैगरी भत्ता दिने बेलामा बैंकमा पनि हामीलाई खुत्रो पैसा दिएर दुख दिने काम गरिरहेको छ समूहमा उपस्थित भएकी एक अन्य आमाले सुनाइन् ।
भत्ता पाउनु एकल महिलाहरुको अधिकारको कुरा हो यसको लागी सरकारले बजेट छुटियाएर राखेको हुन्छ कार्यक्रममा उपस्थित भएको उच्च अदालत अधिकृत शुबा महतोले बताईन् । तपाईहरुले समयमा भत्ता पाइराखनु भएको छैन भने सके सम्म सरोकारवाला निकाय संग समन्वयात्मक ढंगले आफ्नो समस्याको समाधान गर्ने प्रयास गर्नु नभए अदालतमा गएर एउटा निवेदन दिनु जसको आधारमा तपाईको समस्याको कानूनी उपचार हुन्छ महतोले जानकारी दिईन् । तपाईहरुको समस्या समाधानका लागी सरकारले अदालतमा बैतनिक वकीलको व्यवस्था गरिएको हो,जसले तपाईको निवेदन लेख्ने काम,आदि सिप्तैमा गर दिन्छ तपाईको पैसापनि लाग्दैन र समस्याको समाधान पनि सहज ढंगले हुन्छ महतोले बताईन् ।
त्यस्तै तराई मधेशमा महिलाहरुमा स्तन तथा पाठेघरको केन्सर र पुरुषहरुमा मुख तथा घाँटीको केंसर बढी भइरहेको पाइन्छ कार्यक्रममा उपस्थित भएकी मुख तथा घाँटीको केंसर रोग विशेषज्ञ रुबिना सुवालले बताईन् ।मदिरा,सुपारी गुटका र सुर्तीजन्य पदार्थको सेवनले गर्दा मुख तथा घाँटीको कैंसरको अत्यधिक जोखिम रहेको सुवालले भनिन् ।वार्तमान समयमा केंसरको उपचार संम्भव रहेको छ,यदि कुनै घाउ दुई हप्ता भन्दा बढी भएर निको भइरहेको छैन भने बलैमा जाँच गराउन उनले सुझाव दिइन् । सके सम्म मदिरा तथा सुर्तिजन्य पदार्थको सेवनबाट बाँचेर रोग लाग्नै नदिन प्रयास गर्नुनै सबै भन्दा राम्रो उपाय रहेको छ सुवालको भनाई थियो ।
गुटका तथा अन्य सुर्तीजन्य पदार्थलाई सरकारले बिक्री वितरणमा रोक लगाएको हो कार्यक्रममा उपस्थित भएका राष्ट्रिीय सरसफाई अभियन्ता धीरेन्द्र साहले बताए । तपाईहरु मिलेर पसलवालालाई सुर्तिजन्य पदार्थलाई नबेच्न दबाब बनाउनु साहले कार्यक्रममा उपस्थित भएको आमाहरुलाई सुझाव दिएका थिए ।