काठमाडौँ उपत्यकामा रातभर देउसी र भैलो खेल्न पाईने भएको छ । जिल्ला सुरक्षा समितिको निणर्य अनुसार तिहारको अवसरमा देउसी र भैलो खेल्न समय सिमा नतोकिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी बस्नेतका अनुसार भक्तपुर र ललितपुरमाा पनि रातभर देउसी र भैलो खेल्न दिने निणर्य भएको छ । इच्छुकहरुलाई आफ्नो अनुकूलतामा मर्यादित भएर देउसी र भैलो खेल्न स्थानीय प्रशासनले आग्रह गरेको छ । देउसी र भैलोमा आवश्यक सुरक्षा व्यवस्था मिलाएको बस्नेतले बताताउनुभयो । काठमाडौँ उपत्यकामा पटका र आतसबाजी पड्काउन चाहिँ निषेध गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले सूचना निकालेर भुईँचम्पा, पटका र आतसबाजी जस्ता विपद् जोखिम निम्त्याउने विस्फोटक एवम् प्रज्वलनशील पदार्थको प्रयोग र बिक्री वितरण नगर्न आग्रह गरेको छ । त्यस्तै जुवातास र लङ्गुरबुर्जा खेल्न र खेलाउन कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी बस्नेतले जानकारी दिनुभयो ।