न्यायपरिषदले उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त गरेको छ । बुधबार बसेको न्याय परिषद्को बैठकले २६ जना जिल्ला न्यायाधीश, चार जना न्याय सेवाका कर्मचारी र ९ जना कानुन व्यवसायीलाई उच्च अदालतको न्यायाधीशमा नियुक्त गरेको हो । न्याय परिषद्ले १६ जना उच्च अदालतका न्यायाधीशको सरुवा पनि गरेको छ । नियुक्त न्यायाधीशलाई पद तथा गोपनीयताको शपथ पछि पदस्थापना गरिने परिषदले जनाएको छ ।