इन्डोनेसियामा ज्वालामुखी विष्फोटबाट मृत्यु हुनेको सङ्ख्या २२ पुगेको छ । इन्डोनेसियाका १ सय २७ ज्वालामुखीहरूमध्येको एक माउन्ट मारापी अर्थात आगोको पहाड नाम दिइएको यो ज्वालामुखी विष्फोटबाट अन्य १२ जना घाइते भएका छन् । ज्वालामुखी विष्फोट निरन्तर हुँदा खोज र उद्धारमा बाधा पुगिरहेको छ । हिजो मात्रै पाँच वटा ज्वालामुखी विष्फोट रेकर्ड गरिएको छ ।