प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू सहभागी हुने कुनै पनि सार्वजनिक कार्यक्रममा सार्वजनिक बिदा नदिन तथा बालबालिकाहरुलाईसमेत सहभागी नगराउन सरकारी निकायलाई निर्देशन दिनुभएको छ । रामेछापको सुनापति गाउँपालिकामा पुस १९ गते प्रधानमन्त्री सहभागी हुने कार्यक्रममा पालिकाले सार्वजनिक बिदा दिएको समाचार आएपछि प्रधानमन्त्रीको यस्तो निर्देशन आएको हो । प्रधानमन्त्रीको सन्देशपछि सुनापति गाउँपालिकाले यसअघि दिएको बिदा रद्द गरेको बताइएको छ। प्रधानमन्त्री सहभागी हुने अन्य कार्यक्रममा पनि सार्वजनिक बिदा नदिन र बालबालिका प्रयोग नगर्न प्रधानमन्त्रीको निर्देशन रहेको सचिवालयले जनाएको छ।