देशका केही भू-भागमा आज हिमपातको सम्भावना रहेको जल तथा मौषम विज्ञान विभागले जनाएको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको विभागअन्तर्गतको मौषम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज बिहान सुदूरपश्चिम, कणर्ाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत पहाडी भू-भागमा आंशिक बदली रहेको छ । बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने अनुमान छ । दिउँसो पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । बाँकी भू-भागको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको भनाइ छ ।