आज यम पञ्चकको चौथो दिन अर्थात् गोबर्धन पूजा गरिदै छ । आज चौथो दिनमा परम्परागत कृषि कार्यमा संलग्न गोरूको पूजा गर्ने गरिन्छ । भगवान श्रीकृष्णले स्वर्गका राजा इन्द्रको क्रोधबाट गोकुलस्थित द्वारिकावासीमा आइपरेको अविरल वर्षाबाट निम्तिएको महाविपत्तिबाट बचाउन आफ्नो कान्छि औंलाले गोबरधन पर्वतलाई उठाएर त्यसमुनी द्वारिकावासीलाई ओत लागाएर बचाएको श्रीमद्भागवत गीतामा उल्लेख छ । आजको दिन, श्री कृष्णले आफ्नो औंलाले उठाउनुभएको गोबर्धन पर्वतको पूजाआजा गरिन्छ । गोबर्धनका साथ आज गोरुको पनि पूजा गरिन्छ भने कृषि औजारहरुको पनि पुजा गर्ने चलन रहेको पञ्चाङ्ग निणर्ायक विकास समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले सीआईएनलाई जानकारी दिनुभयो ।