७ मंसिर , बिहीबार ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ ले आज गर्ने प्रदर्शनको कार्यसूची सार्वजनिक गरेको छ।
काठमाडौंको बल्खुमा हुने उक्त कार्यक्रमका लागि आठवटा रुट तय भएको अभियानका सह–प्रवक्ता राजानन्द माण्डव्यले जानकारी दिए । धार्मिक झण्डा र राष्ट्रिय झण्डा बाहेक अन्य कुनै झण्डा प्रयोग गर्न नपाउने सो समितिले जनाएको छ। आज बिहान सवा १० बजेबाट र्याली सुुरु हुने बताइएको छ।
विभिनन ७ वटा स्थानबाट सुरु भएको र्याली बल्खुमा गएर सभामा परिणत हुने माण्डव्यले बताए । प्रसाईंबाहेक सभामा सम्बोधन गर्ने अन्य व्यक्तिहरूको नाम अझै टुंगिएको छैन।
भेला हुने स्थानहरूः परीक्षा नियन्त्रण अगाडिको खुला चौर, भक्तपुर सानोठिमी ,गंगबु चोक, स्वयम्भु ,कलंकी, जावलाखेल, सातदोबाटो र त्रिवि प्रवेशद्वार अगाडि रहेको छ ।