आजबाट नेपाल सम्बतको नयाँ बर्ष अर्थात ११४४ सुरू भएको छ । नेपाल सम्बत चन्द्रमासमा आधारित छ । यसैबीच सरकारले आजबाट सबै सरकारी कागजातमा नेपाल संवत् उल्लेख गर्ने भएको छ । मन्त्रिपरिषद्को हिजोको बैठकले यस्तो निणर्य गरेको हो । नेपाल संवत् ११४४ देखि विक्रम संवत् उल्लेख गरिने सरकारी कागजातमा नेपाल संवत्समेत उल्लेख गर्ने’ मन्त्रिपरिषद्को बैठकको निणर्यमा छ । नेपाल संवत् नेपालको आफ्नै मौलिक संवत् भएकाले यसलाई सरकारी प्रयोजनमा ल्याउनुपर्ने माग हुँदै आएको थियो । त्यही मागलाई सम्बोधन गर्दै सरकारले आजदेखि विक्रम संवत् लेखिने सबै कागजातमा पनि नेपाल संवत् राख्ने निणर्य गरेको हो । यसैबिच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको सामाजिक न्यायको इतिहासमा नेपाल संवतका प्रवर्तक एवं राष्ट्रिय विभूति शंखधर साख्वाले खेलेको भूमिका अविस्मरणीय रहेको बताउनुभएको छ । नेपाल संवत् ११४४ शुभारम्भका अवसरमा शुभकामना दिँदै उहाँले साख्वा एक प्रगतिशील सामाजिक अभियन्ता र नेपाल संवतका प्रवर्तकका रुपमा रहेको बताउनुभयो । नेवारी समुदायमा जन्मिएर सिंगो देशकै गरिमा र मौलिकताका निम्ति उहाँले पुर्याएको योगदान सबैका लागि प्रेरणादायी रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले जनतालाई ऋणबाट मुक्त पार्ने अभियानका अभियन्ता साख्वाले समकालीन समाजमा परिवर्तनको महत्त्वपूणर् जग बसालेको बताउनुभएको छ । त्यस्तै राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाको लोककल्याणकारी तथा परोपकारी कार्यको स्मरण गर्दै निःस्वार्थ भावले समाजको उन्नति र प्रगतिका लागि अग्रसर रहनुपर्नेमा जोड दिनुभएको छ