लमजुङ – लमजुङमा आगलागीमा परेर एक वृद्धको ज्यान गएको छ ।
गएराति दोर्दी गाउँपालिका–८ बन्सार खिन्चोकबेसीका ९१ वर्षीय हाङ्गी कामीको जलेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिनुभयो ।
कामी छाप्रोमा बस्दै आउनुभएको थियो । चुलोमा बालेको आगो निभाउन बिर्सिँदा आगलागी भएको र अशक्तता कारण बाहिर निस्किन नसक्दा उहाँको ज्यान गएको प्रहरीले जनाएको छ ।
दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीले आगलागीका घटना हुन नदिन सचेत बन्न आग्रह गर्नुभयो ।