८ कात्तिक, बुधबार
आईसीसी एक दिवसीय विश्वकप क्रिकेटमा आज अष्ट्रेलिया र नेदरल्यान्डसबीच खेल हुँदैछ । खेल दिउँसो २ः१५ बजेबाट सुरु हुनेछ । हिजो भएको खेलमा दक्षिण अफ्रिकाले बङ्गलादेशलाई १ सय ४९ रनको फराकिलो अन्तरले हराएको छ । पाँच खेलमा चौथो जितका साथ दक्षिण अफ्रिका अंक तालिकामा दोस्रो स्थानमा उक्लिदै सेमिफाइनल सम्भावना मजबुत बनाएको छ । जितको लागि ३ सय ८३ रनको विशाल विजयी लक्ष्य पछ्याएको बङ्गलादेश ४६.४ ओभरमा २ सय ३३ रनमा अल आउट भयो । त्यसअघि वानखडे स्टेडियम मुम्बईमा टस जितेर पहिला ब्याटिङ रोजेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय ८२ रन बनाएको थियो । यो विश्वकपमा दक्षिण अफ्रिकाले तेस्रो पटक ३५० रन भन्दा बढी बनाएको हो । यसअघि श्रीलङ्का विरुद्ध ४ य २८ रन बनाएको दक्षिण अफ्रिकाले इङ्गल्याण्ड विरुद्ध ३ सय ९९ रन खडा गरेको थियो ।