अमेरिकाको मेइन सहरमा अन्धाधुन्ध गोली चलाउँदै १८ जनाको हत्या गर्ने सन्दिग्ध मृत फेला परेका छन् । तीन दिनको खोजीपछि ४० वर्षीय रोबर्ट कार्ड मृत फेला परेको प्रहरीले जानकारी दिएको हो । मेइन कमिस्नर अफ पब्लिक सेफ्टी माइकल साउसचकले उनले आफूले आफैलाई गोली प्रहार गरेको जानकारी दिनुभयो । उनको शव घटनास्थल नजिकै फेला परेको हो ।