विश्वकप क्रिकेटमा आज आयोजक राष्ट्र इंग्ल्यान्डले श्रीलंकासँग प्रतिस्पर्धा गदैँ

६ असार / काठमाडौं / इंग्ल्यान्डको दाउ शीर्ष स्थानमा, श्रीलंका दोस्रो जितको खोजीमा रहेको छ । विश्वकप क्रिकेटमा आज आयोजक राष्ट्र इंग्ल्यान्डले श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । घरेलु टोली इंग्ल्यान्ड र श्रीलंकाबीचले नेपाली समय अनुसार ३ बजेर १५ मिनेटमा प्रतिस्पर्धा गर्दैछ । इंग्ल्यान्ड श्रीलंकालाई पराजित गर्दै शीर्ष स्थानमा उक्लिने लक्ष्यमा हुनेछ । यता, श्रीलंका भने दोस्रो […]

सर्लाहीको नगरपालिका कार्यालयमा जनप्रतिनिधिबाटै तालाबन्दी

५ असार /सर्लाही/ सर्लाहीको नगरपालिका कार्यालयमा जनप्रतिनिधिबाटै तालाबन्दी गरेको छ । सर्लाहीको बलरा नगरपालिकाकी उपमेयरसहित ८ जना वडाध्यक्षले नगरपालिका कार्यालयमा तालाबन्दी गरेका छन् । मेयर अभयकुमार सिंहले मनोमानी ढंगले नगरपालिका चलाएको र आर्थिक वर्षको अन्तिममा आएर कार्यादेश दिएको भन्दै उपमेयर रामसखी देवी र वडाध्यक्षहरु हिजो बुधबारदेखि आन्दोलित बनेका हुन् । मेयरविरुद्ध केही समय अघिमात्रै उपमेयर […]

सर्लाहीमा विप्लव समूहसँग प्रहरीको दोहोरो भीडन्त, जिल्ला इन्चार्जको मृत्यु

अनिता ०५ असार/ सर्लाही / सर्लाहीमा विप्लव समूहसँग प्रहरीको दोहोरो भीडन्त हुदा जिल्ला इन्चार्जको मृत्यु भएको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको समूहसँग सर्लाहीको लालबन्दीमा प्रहरीको दोहोरो भीडन्त भएको छ । भीडन्तमा परेर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।सर्लाहीको लालबन्दी नगरपालिका र हरिवन नगरपालिकाको सिमानामा प्रहरीसँगको भिडन्तमा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका सर्लाही […]

जनकपुरमा भिषण आगलागी, ८ ग्याँस सिलिण्डर विष्फोट

अनिता ५ असार/ जनकपुर / जनकपुरको एक होटलमा श्रृंखलावद्ध रुपमा ८ वटा ग्याँस सिलिण्डर विष्फोट भएको छ । आज विहीबार बिहान करिब ३ः०० बजेतिर ग्याँस सिलिण्डर विस्फोट हुदा जनकपुरधाम उपमहानगरपालिका(२, कदम चोकमा रहेको गोविन्द मिष्ठान्न भण्डारबाट सुरु भएको आगलागी अन्य दुई होटल समेत गरी ३ होटल जलेर पुर्णरुपमा नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालय, […]

पोखरीमा डुबेर पर्सामा ५ वर्षीय बालकको मृत्यु

०५ असार / वीरगञ्ज / पोखरीमा डुबेर पर्सामा एक बालकको मृत्यु भएको छ । पर्साको जगरनाथपुर गाउँपालिकामा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । जगरनाथपुर गाउँपालिका–१, पिडारीका अनिल पटेलका ५ वर्षीय छोरा राकेश पटेलको नुहाउने क्रममा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय, पटेर्वा सुगौलीका प्रहरी निरीक्षक आशिष अधिकारीले जानकारी दिएको छ । बालकको शव […]

विश्वकप क्रिकेटमा आज वेष्ट इन्डिज र इंग्ल्यान्डबीच प्रतिस्पर्धा

३१ जेठ/ काठमाडौं / विश्वकप क्रिकेटमा आज आयोजक इंग्ल्यान्डले वेष्ट इन्डिजविरुद्ध प्रतिस्पर्धा हुदैछ । साउथह्याम्पटनमा नेपाली समयअनुसार दिउँसो सवा ३ बजेदेखी इंग्ल्यान्ड र वेष्ट इन्डिजबीच प्रतिस्पर्धा हुन लागेको हो । दुवै टिम स्पष्ट जित हात पार्ने लक्ष्यमा रहेको छ । पहिलो खेलमा दक्षिण अफ्रिकालाई १०४ रनको फराकिलो जित निकालेको इंग्ल्यान्ड दोस्रो खेलमा भने पाकिस्तानसँग नराम्ररी […]

सप्तरीमा ५ वर्षीया बालिका बलात्कृत

३१ जेठ/ सप्तरी/ सप्तरीमा पाँच वर्षीया बालिका बलात्कारको आरोपमा प्रहरीले एक किशोर १३ वर्षीय बालकलाई पक्राउ गरेको छ । मामाघरमा बस्दै आएका बालकले ललाइफकाइ बिस्कुट, चाउचाउ र चकलेट खान दिई आफ्नै कोठामा गत शनिबार बलात्कार गरेको उजुरीका आधारमा किशोरलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । बालिकाले पेट दुख्ने गरेको बताएपछि उनकी आमाले उपचारका लागि गत […]

मुसहर बस्तीका ६० जना बालबालिकालाई विद्यालय पोषाक वितरण

३१ जेठ/ सर्लाही / सर्लाहीको चन्द्रनगर गाउँपालिका–२, बिर्ता मुसहर बस्तीमा बिहीबार ६० जना मुसहर बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरिएको छ । काठमाण्डौंका विभिन्न मनकारी व्यक्तिहरुबाट सङ्कलन भएको सहयोगबाट मुसहर बालबालिकालाई एक जोरा विद्यालय पोषक, एक दर्जन सिसा कलम, कटर, इरेजर र पेन्सिल प्रदान वितरण गरिएका छन । बिर्ता गाउँका शिवनाथ राउतले सो बस्तीका मुसहर बालबालिकाको […]

बसको ठक्करले बजाज शोरुमका मालिकको मृत्यू

३१ जेठ/ धनुषा / धनुषामा बसको ठक्करले बजाज शोरुमका मालिकको मृत्यू भएको छ । बिहीबार राती बसले मोटरसाईकललाई ठक्कर दिंदा बजाज शोरुम धनुषाधामका ओनर (मालिक)को मृत्यू भएको छ । गएराती करिब सवा ८ बजेको समयमा पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नं. ३ गोदार स्थित पूर्वबाट काठमान्डौंको लागि छुटेको ना ६ ख ७१०० […]

चिसो पानीको लागि माटोको गाग्रोको बिक्री बढ्यो

३० जेठ / सर्लाही/ चिसो पानीको लागि माटोको गाग्रोको बिक्री बढ्यो, कुम्हारहरुको भनाइ रहेको छ । सदरमुकाम मलंगवा लगायत सर्लाहीका विभिन्न गाउँ सहर तथा छिमेकी भारतका साप्ताहिक हाटबजारहरुमा माटोका भाँडा बेचेर जीविकोपार्जन गर्दै आएका कुम्हारहरु यो व्यवसायबाट सन्तुष्ट रहेको बताएका छन् । अहिलेको प्रचण्ड गर्मी मौसममा माटोका गाग्रोको बिक्री निकै बढेको उनिहरुले बताएका छन् । […]