Breaking
रौतहटका गरुडामा भ्रष्टाचार बढेको भन्दै प्रदर्शन कोरोना संक्रमण साउन महिनापछि घट्दै जाने स्वास्थ्य मन्त्रालयको प्रक्षेपण कोरोनाबाट एक दिनमा ४ हजार भन्दा बढीमा संक्रमण पुष्टि बंगलादेशमा जन्ती सवार डुंगामा चट्याङ पर्दा १६ जनाको मृत्यु , १२ जना घाइते माधव नेपाल समूहको आज केन्द्रीय कमिटी बैठक बस्दै नागरिकता विधेयक पारित गर्न माग गर्दै माइतीघर मण्डलामा दबाबमूलक धर्ना लागुऔषध नाईट्रोभेटसहित दुईजना पक्राउ चार वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा  एक युवक पक्राउ प्रधानमन्त्रीद्धारा विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई नियुक्त गर्न निर्देशन सर्लाहीमा मलको अभाव

पर्साबाट श्रेया ज्वेलर्सका सञ्चालक ५ किलो चाँदीका गरगहनासहित पक्राउ

६ साउन /  बुधबार
पर्साकोे वीरगञ्जबाट ५ किलो अवैध चाँदीका गरगहनासहित एक जना पक्राउ परेको छ । पक्राउ पर्नेमा सप्तरी राजविराज उपमहानगर २ स्थायी घर भएका हाल चितवन खैरेनी नगरपालिका २ का श्रेया ज्वेलर्सका सञ्चालक अंगत साह रहेको हो । भारतबाट अवैध रुपमा चाँदीका गरहना ल्याउँदै गरेको सूचनाको आधारमा पर्सा इनर्वाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनलाई आवश्क कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।