Breaking
रौतहटका गरुडामा भ्रष्टाचार बढेको भन्दै प्रदर्शन कोरोना संक्रमण साउन महिनापछि घट्दै जाने स्वास्थ्य मन्त्रालयको प्रक्षेपण कोरोनाबाट एक दिनमा ४ हजार भन्दा बढीमा संक्रमण पुष्टि बंगलादेशमा जन्ती सवार डुंगामा चट्याङ पर्दा १६ जनाको मृत्यु , १२ जना घाइते माधव नेपाल समूहको आज केन्द्रीय कमिटी बैठक बस्दै नागरिकता विधेयक पारित गर्न माग गर्दै माइतीघर मण्डलामा दबाबमूलक धर्ना लागुऔषध नाईट्रोभेटसहित दुईजना पक्राउ चार वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा  एक युवक पक्राउ प्रधानमन्त्रीद्धारा विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई नियुक्त गर्न निर्देशन सर्लाहीमा मलको अभाव

अविरल वर्षाका कारण कमला नदीको बाँध पूरै भत्कियो

अनिता साह

६ साउन /  बुधबार
धनुषाको सबैलास्थित कमला नदीको बाँध आज (बुधबार) बिहान पूणर् रुपमा भत्किएको छ । सोमबार राति आएको अविरल वर्षाका कारण सबैला नगरपालिका-१३ किरतपुरस्थित कमला नदीको पश्चिमतर्फको बाँध पूणर् रुपमा भत्किएको हो । अबिरल बर्षाका कारण सोमबार देखि बाँध भत्किन शुरु भएपछि सुरक्षाकर्मी तथा स्थानीय मिलेर नियन्त्रणको प्रयास गरेका थिए । तर नियन्त्रणको सबै प्रयास असफल भएको र बाँध भत्किएको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बताए । पानीको बहाव अहिले कम भएकाले गाउँतर्फ प्रवेश नगरेको स्थानीयले बताएका छन् । बालुवा र मोटोको ढिस्को बनाएर बाँध निर्माण गरिएकाले भत्किएको हो । अब वर्षा भए सिधै गाउँतिर पानी छिर्ने भएको छ । यद्यपि प्रमुख जिल्ला अधिकारी बास्तोलाले बुधबारदेखि नै नदी नियन्त्रणको काम पूणर् रुपमा हुन लागेको बताए । बाँध नियन्त्रणका लागि कमला नदी नियन्त्रण आयोजना मार्फत अर्थ मन्त्रालयले ५० लाख बजेट मंगलबार मात्रै छुट्टयाएको छ ।