Breaking
रौतहटका गरुडामा भ्रष्टाचार बढेको भन्दै प्रदर्शन कोरोना संक्रमण साउन महिनापछि घट्दै जाने स्वास्थ्य मन्त्रालयको प्रक्षेपण कोरोनाबाट एक दिनमा ४ हजार भन्दा बढीमा संक्रमण पुष्टि बंगलादेशमा जन्ती सवार डुंगामा चट्याङ पर्दा १६ जनाको मृत्यु , १२ जना घाइते माधव नेपाल समूहको आज केन्द्रीय कमिटी बैठक बस्दै नागरिकता विधेयक पारित गर्न माग गर्दै माइतीघर मण्डलामा दबाबमूलक धर्ना लागुऔषध नाईट्रोभेटसहित दुईजना पक्राउ चार वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा  एक युवक पक्राउ प्रधानमन्त्रीद्धारा विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई नियुक्त गर्न निर्देशन सर्लाहीमा मलको अभाव

रोपाईं सकेर घर फर्कने क्रममा पोखरीमा डुबेर एक बालिकाको मृत्यु

५ साउन / बुधबार
गोरखामा रोपाईं सकेर घर फर्कने क्रममा पोखरीमा डुवेर हिजो (मंगलबार) एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको पालुङटार नगरपालिका-८ मुलावारीका वुधबहादुर नेपालीकी १३ बर्षकी छोरी ऋचा रहेको हो ।

खेतमा रोपाइ सकेर घर फर्कदै गर्दा स्थानीय रनबहादुर गुरुङले खेतमा पानी लगाउन बनाएको पोखरीमा हात खुट्टा धुन गएकी उनको चिप्लिएर त्यही पोखरीमा खसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

अचेत अवस्थामा स्थानीयले उनलाइ उद्धार गरेर धुवाकोट स्वास्थ्य चौकी पुर्‍याएका थिए । उपचारको क्रममा चिकित्सकले बालिकालाई मृत घोषणा गरेको डिएसपी प्रकाश दाहालले बताए ।