Breaking
रौतहटका गरुडामा भ्रष्टाचार बढेको भन्दै प्रदर्शन कोरोना संक्रमण साउन महिनापछि घट्दै जाने स्वास्थ्य मन्त्रालयको प्रक्षेपण कोरोनाबाट एक दिनमा ४ हजार भन्दा बढीमा संक्रमण पुष्टि बंगलादेशमा जन्ती सवार डुंगामा चट्याङ पर्दा १६ जनाको मृत्यु , १२ जना घाइते माधव नेपाल समूहको आज केन्द्रीय कमिटी बैठक बस्दै नागरिकता विधेयक पारित गर्न माग गर्दै माइतीघर मण्डलामा दबाबमूलक धर्ना लागुऔषध नाईट्रोभेटसहित दुईजना पक्राउ चार वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा  एक युवक पक्राउ प्रधानमन्त्रीद्धारा विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई नियुक्त गर्न निर्देशन सर्लाहीमा मलको अभाव

आज देशभर मुस्लिम धर्मावलम्बीहरु हर्षोल्लासपूर्वक बकर इद पर्व मनाइँदै

६ साउन / बुधबार
मुस्लिम धर्मावलम्बीहरुको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज (बुधबार) देशभरका मस्जिदमा हर्षोल्लासपूर्वक मनाइँदैछ । सरकारले आज बकर इद पर्व मनाउनको लागि सार्वजनिक बिदा पनि दिएको छ ।

आज मुस्लिम धर्मावलम्बी बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा अङ्कमाल गर्दै शुभकामना आदान प्रदान गरिन्छ । इदुल फित्रअर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ । इस्लामिक पात्रोअनुसार १२ औँ महिनाअर्थात् दिल हिज्जाको १० औँ दिन यो पर्व मनाउने गरिएको नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेनले जानकारी दिए ।

यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मीरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्छ । हिजरी संवत्अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको राष्ट्रिय मुस्लिम आयोगका पूर्वअध्यक्ष निर्दोष अलीले जानकारी दिए । यस वर्ष कोरोना भाइरसको सङ्क्रमण फैलन सक्ने भएकाले मुस्लिम आयोगलगायत निकायले विज्ञप्ति जारी गरी घरमै बसेर सुरक्षितरुपमा बकर इद मनाउन आह्वान गरेका छन् ।