Breaking
रौतहटका गरुडामा भ्रष्टाचार बढेको भन्दै प्रदर्शन कोरोना संक्रमण साउन महिनापछि घट्दै जाने स्वास्थ्य मन्त्रालयको प्रक्षेपण कोरोनाबाट एक दिनमा ४ हजार भन्दा बढीमा संक्रमण पुष्टि बंगलादेशमा जन्ती सवार डुंगामा चट्याङ पर्दा १६ जनाको मृत्यु , १२ जना घाइते माधव नेपाल समूहको आज केन्द्रीय कमिटी बैठक बस्दै नागरिकता विधेयक पारित गर्न माग गर्दै माइतीघर मण्डलामा दबाबमूलक धर्ना लागुऔषध नाईट्रोभेटसहित दुईजना पक्राउ चार वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा  एक युवक पक्राउ प्रधानमन्त्रीद्धारा विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई नियुक्त गर्न निर्देशन सर्लाहीमा मलको अभाव

कक्षा १२ को परीक्षा साउन अन्तिमबाट सुरु

५ साउन / मंगलाबार
कोरोना भाइरस (कोभिड-१९) का सङ्क्रमणका कारण स्थगित गरिएका कक्षा १२ को अन्तिम वार्षिक परीक्षा साउन मसान्तबाट सुरु गरिने भएको छ ।  राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलले कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले विद्यार्थीको भौतिक उपस्थितिमै कक्षा १२ को परीक्षा गर्न अनुमति दिएको जानकारी दिँदै साउनको अन्तिमबाट परीक्षा सुरु गर्ने योजना रहेको बताउनुभयो ।  यसअघि बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गर्न (सीसीएमसी)सँग अनुमति मागेको थियो । विद्यार्थीको भौतिक उपस्थितिमा परीक्षा सञ्चालन हुने र विगतको झँै एक सय पूणर्ाङ्कको लिखित परीक्षा लिइने भएको छ । कोरोना सङ्क्रमण बढेपछि गत जेठ २६ गतेबाट सुरु गर्ने योजना रहेको कक्षा १२ को अन्तिम वार्षिक परीक्षा सरकारले रोक्ने निणर्य गरेको थियो । यसअघि सीसीएमसीले त्रिभुवन विश्वविद्यालयको स्नातक तह प्रथम र द्वितीय वर्षको परीक्षा सञ्चालनका लागिसमेत अनुमति दिएको थियो । सोअनुसार यसै साताबाट विश्वविद्यालय परीक्षा सुरु गर्दै छ । अब एक-दुई दिनभित्रै बोर्डको बैठक बसेर परीक्षाका बारेमा कार्यतालिका सार्वजनिक गर्ने जनाइएको छ ।