Breaking
रौतहटका गरुडामा भ्रष्टाचार बढेको भन्दै प्रदर्शन कोरोना संक्रमण साउन महिनापछि घट्दै जाने स्वास्थ्य मन्त्रालयको प्रक्षेपण कोरोनाबाट एक दिनमा ४ हजार भन्दा बढीमा संक्रमण पुष्टि बंगलादेशमा जन्ती सवार डुंगामा चट्याङ पर्दा १६ जनाको मृत्यु , १२ जना घाइते माधव नेपाल समूहको आज केन्द्रीय कमिटी बैठक बस्दै नागरिकता विधेयक पारित गर्न माग गर्दै माइतीघर मण्डलामा दबाबमूलक धर्ना लागुऔषध नाईट्रोभेटसहित दुईजना पक्राउ चार वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा  एक युवक पक्राउ प्रधानमन्त्रीद्धारा विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई नियुक्त गर्न निर्देशन सर्लाहीमा मलको अभाव

सप्तरीमा बाढीका कारण चन्द्रनहरको डिल भत्किँदा ४ सय घर डुवानमा

५ साउन /  सप्तरी
सप्तरीमा अविरल वर्षाका कारण वभिन्न खोलामा आएको बाढीले जीर्ण रहेको मुलुककै पुरानो चन्द्रनहरको डिल भत्किँदा करीब ४ सय घर डुबानमा परेको छ । अविरल वर्षापछि विभिन्न खोला र नदीमा आएको बाढी ओभरफ्लो भएपछि जीर्ण अवस्थामा रहेको चन्द्रनहरको डिल भत्किएको हो । जिल्लाको सप्तकोशी नगरपालिका वडा नम्बर-४ बलार्दहस्थित चन्द्रनहरको दुईवटा डिल भत्किँदा ४ सय घर डुबानमा परेको छ । ’बाढीले चन्द्रनहरमा पानी तीब्र गतिमा ओभरफ्लो भएर बग्दा बिभिन्न ठाउँमा क्षति पुर्‍याएको छ । महादेवा गाउँपालिका-४ मा पनि यो नहर भत्किने अवस्थामा पुगेको हो । ‘उक्त नहरलाई बचाउन त्यहाँ स्थानीयले माटो हालेर रोक्ने प्रयास गरिरहेका छन् । लगातार पानी परिरहेयो भने यो नहर पनि भत्किने क्रमलाई रोक्न सकिँदैन ।’ उक्त नहर भत्किए महादेवा गाउँपालिका-४ आसपासका सयौं घर डुबानमा पर्ने खतरा रहेको स्थानीय बिकास यादवले बताए ।