Breaking
रौतहटका गरुडामा भ्रष्टाचार बढेको भन्दै प्रदर्शन कोरोना संक्रमण साउन महिनापछि घट्दै जाने स्वास्थ्य मन्त्रालयको प्रक्षेपण कोरोनाबाट एक दिनमा ४ हजार भन्दा बढीमा संक्रमण पुष्टि बंगलादेशमा जन्ती सवार डुंगामा चट्याङ पर्दा १६ जनाको मृत्यु , १२ जना घाइते माधव नेपाल समूहको आज केन्द्रीय कमिटी बैठक बस्दै नागरिकता विधेयक पारित गर्न माग गर्दै माइतीघर मण्डलामा दबाबमूलक धर्ना लागुऔषध नाईट्रोभेटसहित दुईजना पक्राउ चार वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा  एक युवक पक्राउ प्रधानमन्त्रीद्धारा विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई नियुक्त गर्न निर्देशन सर्लाहीमा मलको अभाव

बिष्णु गाउँपालिकाको बैरागी पूजारीको करेन्ट लागेर मृत्यु

अनिता साह
५ साउन / मंगलबार
सर्लाहीको बिष्णु गाउँपालिकाको बैरागी पूजारीको करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा बिष्णु गाउँपालिका ८ बत्रौल निवासी ६० बर्षीय किशोरी दास बैरागीे रहेको हो । बैरागीको बसवरिया गाउँपालिका ६ सोहडवास्थित रामजानकी मठमा भजन किर्तनको लागि मन्दिरको बरण्डामा माइकको तार जोड्ने क्रममा करेन्ट लागेर घट्नास्थलमै मृत्यु भएको सर्लाही प्रहरीका प्रबक्ता एवं डीएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिए । उक्त मठमा पूजारीको रुपमा विगत ४५ बर्षदेखि काम गर्दै  र बस्दैआएका बैरागीको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा ल्याइएको प्रहरीले जनाएको छ ।