Breaking
रौतहटका गरुडामा भ्रष्टाचार बढेको भन्दै प्रदर्शन कोरोना संक्रमण साउन महिनापछि घट्दै जाने स्वास्थ्य मन्त्रालयको प्रक्षेपण कोरोनाबाट एक दिनमा ४ हजार भन्दा बढीमा संक्रमण पुष्टि बंगलादेशमा जन्ती सवार डुंगामा चट्याङ पर्दा १६ जनाको मृत्यु , १२ जना घाइते माधव नेपाल समूहको आज केन्द्रीय कमिटी बैठक बस्दै नागरिकता विधेयक पारित गर्न माग गर्दै माइतीघर मण्डलामा दबाबमूलक धर्ना लागुऔषध नाईट्रोभेटसहित दुईजना पक्राउ चार वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा  एक युवक पक्राउ प्रधानमन्त्रीद्धारा विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई नियुक्त गर्न निर्देशन सर्लाहीमा मलको अभाव

रौतहटमा दोस्रो दलित महिला बलात्कारको सिकार

१ साउन / शुक्रबार
रौतहटमा एक हप्ताभित्रै दोस्रो दलित महिला बलात्कारको सिकार भएकी छन् । बिहीबार राति करिब १२ बजेको समयमा देवाही गोनाही नगरपालिका-१ का ४० वर्षीय राकेश राउत कुर्मीले सोही वडाकी ३० वर्षीय पासवान थरकी विवाहित महिलालाई जबर्जस्ती करणी गरेका हुन् ।

कुर्मी ती महिलाको घरभित्र प्रवेश गरी ज्यान मार्ने धम्की दिएर जबर्जस्ती करणी गरेको ईलाका प्रहरी कार्यालय देवाही गोनाहीका प्रहरी प्रमुख राजन लम्सालले बताए । महिलाले गुहार मागेपछि राकेश राउत कुर्मी फरार भएको छ । पीडित महिलाको जिल्ला अस्पताल गौरमा स्वास्थ्य परीक्षण भइसकेको तथा आरोपित कुर्मीको खोजी भइरहेको प्रहरी निरीक्षक लम्सालले जानकारी दिए ।

त्यस्तै केहीदिन अघिमात्र देवाही गोनाही नगरपालिका-७ उचिडिह टोलका ५० वर्षीय नागेश्वर कुश्वाहा करणी आरोपमा पक्राउ परेका थिए । आफ्नै गाउँकी एकजना विवाहित दलित महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका उनीमाथि मुद्दा दर्ता गरेर कारवाही प्रक्रिया अघि बढाइएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख एवं डिएसपी श्रीराम भण्डारीले बताए ।