कृषि पत्रकार प्रतिष्ठानबाट २१ जनाद्धारा सामूहिक राजिनामा

काठमाडौ फागुन १६ गते । नेपाल कृषि पत्रकार प्रतिष्ठान ९जोना० का निवर्तमान अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष तथा सदस्यहरुले सधारण सदस्य समेत नरहने गरि राजिनामा दिएका छन् ।


माघ २६ गते अधिवेशनबाट गोविन्द शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको थियो । नयाँ कार्यसमिति चयन भएको एक महिना नबित्दै सो प्रतिष्ठानबाट निवर्तमान अध्यक्षसहित २१ जनाले सामूहिक राजिनामा दिएका छन् ।
कृषि पत्रकारिताको प्रवद्र्धन गर्ने उद्देश्यले प्रतिष्ठान स्थपित भएपनि पछिल्लो समय कार्यसमितिमा नरहेका पत्रकारको नाम समेत जोडेर संस्थाका केही जिम्मेवार पदाधिकारीले व्यक्तिगत लाभ लिने काम गरेको र मुलधारका पत्रकारिता गर्ने कृषि पत्रकारलाई निषेध गर्ने नीति लिएको कारण देखाउँदै साधारण सदस्य समेत नरहने गरि सामूहिक राजिनामा दिएको निवर्तमान उपाध्यक्ष किरण आचार्यले बताए ।
राजिनामा दिनेहरुमा निवर्तमान अध्यक्ष राजेश वर्मा ९अन्नपूर्णपोष्ट०, निवर्तमान उपाध्यक्ष किरण आचार्य ९कारोवार दैनिक०, निवर्तमान कोषाध्यक्ष लेखनाथ पोखरेल ९हिमालय टाइम्स०, निवर्तमान केन्द्रीय सदस्य अजित अधिकारी ९नयाँ पत्रिका०, निवर्तमान केन्द्रीय सदस्य सुरेशकुमार यादव ९गोरखापत्र दैनिक०, साधारण सदस्यहरु सेन्छेलुङ पतलङ्वा ९बिएफविएस रेडियो०, पुष्प दुलाल ९क्लीकमण्डु डटकम०, उत्तम काप्री ९नेपाललाइभ डटकम०, श्रीकृष्ण न्यौपाने ९कान्तिपुर एफएम०, भेषराज बेल्बासे ९गोरखापत्र दैनिक०, संगम महत ९एप वन टेलिभिजन०, मेनुका कार्की ९नागरिक अनलाइन०, तुल्सी सुवेदी ९अन्नपूर्णपोष्ट०, अर्पना आले मगर, वर्तमान केन्द्रीय सदस्य ९रिपब्लिका दैनिक०, मनोज श्रेष्ठ ९हलोखबर डटकम०, गीत भुजेल, ९मेरो अटोडटकम०, सुनिता सिटौला ९सेतोपाटीटडकम०, सुजन ढुगांना ९द हिमालय टाइम्स०, भरत पाण्डेय ९हिमाल खबरपत्रिका०, दिपक भट्ट ९नेपाल खबर डटकम०, सुवास भट्ट ९नयाँ पत्रिका० रहेका छन् ।