भोलिदेखि दलहरुसँग परामर्श गर्ने तयारी

१८ फागुन / मंगलाबार
सभामुख अग्निप्रसाद सापकोटाले भोलिदेखि दलहरुसँग परामर्श सुरु गर्न तयारी गरिसकेको छ । सोमबार सापकोटाल संसद भवन बानेश्वर पुगेर २३ गते बोलाइएको संसद अधिवेशनको तयारीको अवलोकन गरेका छन् । त्यसक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सापकोटाले संसद सचिवालयले गरेको तयारीप्रति सन्तुष्टि व्यक्त गरे । बैठकको तयारीका लागि आफूले भोलिबाट दलहरुसँग परामर्श सुरु गर्न लागेको समेत उनले बताए ।