भन्सार छलेर ल्याएको १६७ थान मोबाइलसहित १ जना पक्राउ

१८ फागुन / मंगलबार
भन्सार छली ल्याएका १६७ थान मोबाइलसहित  गौराीघाटबाट एकजना पक्राउ परेको छ । भन्सार छलेर ल्याएका १२ लाख रुपैयाँ बराबरको मोबाइलसहित रामेछापको लिखु गाउँपालिका–६ घर भएका २६ वर्षीय मिलन श्रेष्ठलाई काठमाडौंको गौरीघाटस्थित उनकै डेराबाट सोमबार राति पक्राउ गरेको हो । भन्सार छली ल्याएका विभिन्न ब्राण्डका मोबाइल लुकाइराखेको भन्ने सूचनाका आधारमा प्रहरीले श्रेष्ठको डेरामा छापा मारेको थियो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।