खाल्डोको पानीमा डुबेर एक बालिकाकोे मुत्यु

१७ फागुन / सर्लाही
सर्लाहीको ईश्वरपुर नगरपालिका ५ फुलजोरमा खाल्डोको पानिमा डुबेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने रमेश मोक्तानको छोरी १८ महिना की अनिषा मोक्तान रहेकी छिन् । आफनै घर नजिकै रहेको पानी फ्याक्ट्रीको दक्षिण पट्टीको पानी जमेको खाल्टोको डिलमा खेल्ने क्रममा अचानक मोक्तान लडी पानीमा डुबी पानी खाई बेहोस भई उपचारको लागी स्थानिय त्रिदेव मेडिकलमा लगिएकोमा उपचारको क्रममा १ बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ । लास पो.मा.पश्चात मृतकको बुवाले लास बुझि लिएको प्रहरीले जनाएको छ ।