सर्लाहीको रामनगर गाउँपालिकामा शीतलहरबाट जनतालाई बचाउन कम्बल वितरण सुरु

२० माघ / सर्लाही
सर्लाहीमा शीतलहरबाट जनतालाई बचाउन जनता समाजवादी पार्टी नेपाल निकट राष्ट्रिय विद्यार्थी संघका केन्द्रीय अध्यक्ष मनिष मिश्रले मानवीय सहायताका काम शुरु गरेका छन् । जिल्लाको रामनगर गाउँपालिकामा मंगलबारदेखि असहाय तथा विपन्नलाई कम्बल वितरण सुरु भएको हो । तराई–मधेशमा केही दिनदेखि बढेको अत्याधिक चिसोका कारण जनजीवन एकदम प्रभावित भएको छ । शीतलहर र अत्याधिक चिसोका कारण सबैभन्दा बढी प्रभावितमा बृद्ध, विपन्न तथा असहायहरु भएका छन् । जिल्लाको रामनगर गाउँपालिकामा रहेका विपन्न तथा असहाय, वृद्ध, एकल महिला तथा अपाङ्गहरूलाई जाडोमा न्यानो स्वरूप कम्बल वितरण गर्ने कार्य शुरू गरिएको अध्यक्ष मिश्रले बताए । नेता मिश्रले उक्त कार्य गाउँपालिका भित्रका सम्पूर्ण टोलहरूमा कम्बल वितरण गर्ने योजना रहेको बताएका छन् ।