अग्नि पिडितलाई जिसस सदस्यद्वारा सहयोग

मलंगवा ,माघ १० आइतवार ।
सर्लाहीको विष्णु गाँउपालिका -५ फेन्हाराका एक अग्नि पिडित परिवारलाई जिल्ला समन्वय समिति सर्लाहीका सदस्य विध्यानन्द पंडितले सहयोग गरेका छन् ।
आगलागीबाट घरबार विहिन बनेका स्थानीय राजेन्द्र पंडितको परिवारलाई जिसस सदस्य विध्यानन्द पंडितले एक थान कम्बल,एक थान तन्ना, एक सेट साडी , एक सेट धोती कुर्ता र नगद रु १ हजार रुपैया प्रदान गरेर सहयोग गरेका हुन ।माघ १२ गते सनिवारका दिन दिउँसो डेढ बजे भएको आगलागीमा परेर पिडित राजेन्द्र पंडितको घर सहित घरभित्र रहेका अन्न , लत्ताकपडा , भाँडाबर्तन, एउटा साइकल र केही नगद रुपैया जलेर खरानी भएको थियो ।सो आगलागीबाट पिडितको ४ लाख रुपैया बराबरको क्षति भएको विष्णु गाउँपालिकाको कार्यालयले जनाएको छ । सहयोग हस्तान्तरण पछि जिसस सदस्य पंडितले अर्काको घरमा ज्याला मजदुरी गरेर गुजारा चलाउँदै आएका अती विपन्न आगलागी बाट पिडित राजेन्द्र पंडितको परिवार चिसोको समयमा त्रिपाल मुनि बसिरहेका र खाद्यान्न , लत्ताकपडा लगायतको समस्या भएकाले सम्पुर्ण निकाय सँग सहयोगका लागि अपिल गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *