घरबाट भागेर निस्केका देवर भाउजूको कञ्चनपुरमा मृत्यु

११ माघ / महेन्द्रनगर
घरबाट भागेर निस्केका बैतडीको पाटन नगरपालिका(८ का देवर(भाउजूको महेन्द्रनगरस्थित महाकाली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनीहरु दुई दिनअघि घरबाट निस्केका २५ वर्षीय शेरीराम कोलीले २० वर्षीया भाउजूलाई लिएर शनिबार बिहान महेन्द्रनगर आइपुगेका थिए । जिल्ला प्रहरी कार्यालयका अनुसार यहाँको बसपार्कस्थित पोखरा होटल एण्ड लजमा बसेका देवर(भाउजूको विष सेवनका कारण मृत्यु भएको हुनसक्ने आकलन गरिएको छ । ‘भाउजूको हिजो बेलुकी ५ ः १५ बजे र देवरको राति ११ ः ३० बजे अस्पतालमा उपचारका क्रममा मृत्यु भयो’, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले भने,’घटनाबारे विस्तृतमा अनुसन्धान हुदैछ ।’ देवर(भाउजू कहाँ जान यहाँ आइपुगेको भन्नेबारे समेत खुल्नसकेको छैन । ‘उपचारमा रहेका कोलीले भाउजूले के को पात दिइन, खाँदा बिरामी परेँ भन्थे’, थापाले भन्नुभयो, ‘उनीहरु होटल आउँदा पनि सामान्य अवस्थामा नरहेको बुझिएको छ ।